नियम ३१
कार्यालय र कर्मचारीको व्यवस्था
: (१) केन्द्रीय बाल कल्याण समिति र जिल्ला बाल कल्याण समितिको कार्यालय र कर्मचारीको व्यवस्था मन्त्रालयले गर्नेछ ।
(२) उपनियम (१) बमोजिमका कर्मचारीहरुको पारिश्रमिक सेवाको शर्त तथा सुविधा सम्बन्धी व्यवस्था मन्त्रालयको स्वीकृति लिई केन्द्रीय बाल कल्याण समितिले तोकिदिए बमोजिम हुनेछ ।